शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने #राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने
समाचार

पाथीभरा क्षेत्रमा हिमपात

हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाइएको छ ।
· आइतबार, २० पुस, २०८२ मा प्रकाशित
पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ, पुस २० :

यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ ।

सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।

हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।  पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।

पाथीभरामा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ ।  यसले वर्षा र हिमपातमा समेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार