काठमाण्डौँ , असोज १२ :
नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ पुगेको जनाएको छ।
बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यो मूल्य पछिल्लो रेकर्ड भन्दा प्रतितोला पाँच सय रुपैयाँ बढी हो।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान