शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

दुर्गा प्रसाईंको चेतावनी- सरकारले माग सम्बोधन नगरे वार्ता तोडिने

आन्दोलनमा जानका लागि आफूहरु तयार छौं ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंको चेतावनी- सरकारले माग सम्बोधन नगरे वार्ता तोडिने
काठमाडौं, पुस २० :

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ विषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिएका हुन् । 

उनले सरकारसँगको वार्ता सफल नभए आन्दोलनमा जानका लागि आफू तयार रहेको बताए । प्रसाईंले समानविचार भएकाहरु एकै ठाउमा आएर आफ्ना एजेण्डा पुरा गर्न दबाब दिनुपर्ने धारणा बताए ।

उनले मुलुक अप्ठेरो अवस्थामा रहेकाले देशबाहिर रहेका युवाहरु फर्केर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए। प्रधानमन्त्रीको उपस्थितिमा प्रसाईं नेतृत्वको पार्टीसँग दुई चरणमा वार्ता भइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार