
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीको संख्या बढाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको केन्द्रीय समितिको बैठकले ४ पदाधिकारी थपेको छ। जसअनुसार उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ थप्ने निर्णय गरेको हो।
रास्वपामा एकता भएका राजनीतिक दल र समूहलाई समायोजन गर्नका लागि दुई उपसभापतिसँगै अन्य पदाधिकारीको पद संख्या थप गर्ने निर्णय लिइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।त्यस्तै, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्तामा एक-एक पद थप गरिएको पनि झाले जानकारी दिए ।यो निर्णयसँगै रास्वपामा उपसभापति संख्या ४ हुनेछ ।
४ पदाधिकारी थपिएसँगै रास्वपा पदाधिकारीको संख्या कम्तिमा १४ सदस्यीय हुनेछ। यसअघि रास्वपामा सभापति, २ उपसभापति, महामन्त्री, सहमहामन्त्री ३, कोषाध्यक्ष १ र २ सहप्रवक्ता थिए।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँग एकताको सहमतिपछि रास्वपाले पदाधिकारी थप्ने निर्णय गरेको हो।