
काठमाडौं, पुस २० :
अमेरिकाद्वारा भनेजुएलामाथि गरेको सैन्य आक्रमणको विरुद्धमा विद्यार्थीहरुले नेपालस्थित अमेरिकी दूतावास नजिकै प्रदर्शन गरेका छन् ।
आइतबार संयुक्त विद्यार्थी संगठनले भेनेजुएलामाथि अमेरिकाको हस्तक्षेप विरुद्ध नेपालस्थित अमेरिकी दूतावास नजिकै प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्दै दूतावासको अगाडी जान खोज्दा विद्यार्थीहरुलाई प्रहरीले रोकेको थियो ।
उनीहरुले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर, भेनेजुएलाको आत्मनिर्णयको सम्मान गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै विद्यार्थीहरुले स्वतन्त्र राष्ट्रमाथि अन्य कुनै पनि राष्ट्रले हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको जनाएका छन् ।