काठमाडौं, पुस २० :

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन् ।

ओलीसँग साढे दुई घण्टा समय लगाएर बयान लिएको आयोगकी सदस्य लिली थापाले बताइन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आयोगको कार्यालयमै उपस्थित भएर अढाइ घण्टासम्म बसेर बयान दिएर जानुभएको थापाले बताइन् ।

ओलीसँग गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष भएको नाताले त्यसक्रममा गरेका कामकारबाही केन्द्रित प्रश्नोत्तर भएको उनले बताइन् ।