
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आज वृहत् राजनीतिक समायोजन घोषणा हुदैछ ।
आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा घोषणा सभा हुँदैछ ।
कुलमान घिसिङ,बालेन्द्र शाह सहितका शक्तिहरु भित्रिएर राष्ट्रिय राजनीतिमा तरंग भरिरहेको रास्वपाको आजको एकता घोषणा सभामा अर्को समूह पनि भित्रने भएको छ ।
बृहत राजनीतिक समायोजन घोषणा सभामार्फत रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता पनि रास्वपामा आउने भएका छन्र ।
रञ्जिता श्रेष्ठले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रोजेपछि असन्तुष्ट बनेका नेताकार्यकर्ता रास्वपामा भित्रन लागेका हुन् ।
यसले रास्वपालाई अरु मजबुत बनाउँदा रास्वपा अब थरुहट–थारुवान क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने अवस्थामा पुग्नेछ ।
रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले नेकपा अस्वीकार गर्दै बसेका थिए ।
उनीहरु रास्वपामा समाजोजन हुन लागेका हुन् । उनीहरुलाई पार्टीमा भित्र्याउन आज सभा हुन लागेको हो । पछिल्लो समय सबै पार्टीहरुलाई समायोजन गर्दै रास्वपा अघि बढ्दै गर्दा राजनितिमा तरंग पैदा भएको छ ।