सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश कर्णाली प्रदेश

जिप दुर्घटनामा सेनाका अमलदारको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ पुस, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
मुगु, पुस २१ :

जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पु¥याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।

बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो । न१झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो ।     

आइतबार बेलुकी ७ बजे जिप दुर्घटनामा परेको थियो । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका ऐडीलाई राति १० बजे नै मुगु अस्पतालमा पु¥याइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार