काठमाडौं, पुस २३ :

कांग्रेस र एमालेसंग तालमेल हुन नसकेपछि  नेपाली कम्युनिस्ट पार्टी नेकपाले छुट्टै उम्मेदवार तयार गरेको छ ।  

काँग्रेस एमालेसंग कम्तीमा चार सिट दाबी गरेपनि  नपाएपछि नेकपाले सातै प्रदेशमा उम्मेदवारी दिन लागेको हो ।

कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरे छानिएका छन् ।

यसैगरी लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारी, कर्णालीमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा  र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ ।  

सुदूरपश्चिममा अन्ततर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनारको नाम टुंगो लागेको छ ।

बागमतीमा अन्यतर्फ प्रेम सापकोटा,सरोज कुमारी झा (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान,अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल  र मधेसी कोटाबाट समी कुमारी अग्रवालको नाम टुंगो लगाएको बताईएको छ ।

यस्तै गण्डकीमा अन्यतर्फ कपिल लामाको नाम टुंगिएको छ ।

राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।