काठमाडौं, पुस २३ :


गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरुको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायतका युवाहरुले दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।

त्यसक्रममा गृहमन्त्री अर्यालले जेनजी युवा पुस्ताहरु मूल प्रवाहमा आउनुपर्ने र यसका लागि सरकारले उचित वातावरण बनाउने बताए ।

जेनजी, सहीद परिवार र प्रधानमन्त्रीबीच भएको सम्झौता नै वर्तमान सरकारको मार्गदर्शन भएको उनको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले उक्त सम्झौता कार्यान्वयनका लागि ध्यान केन्द्रित गरिएको बताए ।

उनले आफूले गृहमन्त्रीको पदमा रहदा जिम्मेवारीपूर्वक काम गर्ने भन्दै आफ्नो कार्यकाल सकिएपछि सडकमा आएर सुशासनको पक्षमा एक भएर लड्ने धारणा व्यक्त गरे ।