काठमाडौं, पुस २३ :

काठमाडौंको जहरसिंह पौवा नजिकै बस दुर्घटना भएको छ ।  पिकनिकबाट फर्किंदै गरेको बस शंखरापुर नगरपालिकको जहरसिंह पौवा नजिक दुर्घटना भएको हो ।

बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस जहरसिंह पौवाबाट साँखुतर्फ फर्कंदै गरेको थियो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनास्थलमा घाइतेहरुको उद्धारको प्रयास भइरहेको छ । बसमा ४० जना जति सवार रहेको अनुमान  गरिएको छ ।