
काठमाडौँ, साउन १७ः वरिष्ठ नायव निरीक्षकहरुको तलब बढाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक-फरक रिटमा वरिष्ठ सईहरुको तलब बढाउने पक्षमा आदेश जारी गरेको हो ।
वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले गत पुस १६ र १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो ।
सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरुले सर्वोच्चमा मुद्दा हालेका थिए ।
परमादेश जारी भएसँगै वरिष्ठ सईहरुले न्याय पाएको नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मीले बताउनुभयो ।