शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स #मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स
समाचार

वरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश जारी

· बिहीबार, १८ साउन, २०८१ मा प्रकाशित
वरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश जारी

काठमाडौँ, साउन १७ः वरिष्ठ नायव निरीक्षकहरुको तलब बढाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक-फरक रिटमा वरिष्ठ सईहरुको तलब बढाउने पक्षमा आदेश जारी गरेको हो ।

वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले गत पुस १६ र १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । 

सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरुले सर्वोच्चमा मुद्दा हालेका थिए । 

परमादेश जारी भएसँगै वरिष्ठ सईहरुले न्याय पाएको नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मीले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार