शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने #राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने
समाचार अर्थतन्त्र

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

· शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी
बाग्लुङ, पुस २५ :

ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् ।

उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर जानबाट रोक्न जुस बनाउन सुरु गरेका हुन् ।

ताराखोला गाउँपालिका–३ स्थित हिलगाउँमा पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले बारीमा लगाएको किवी लटरम्म फलेपछि उत्साहित थिए । तर उत्पादनअनुसारको माग नआउँदा उनीहरू चिन्तित छन् । सामान्य मात्रामा नजिकको गलकोट, बागलुङलगायतका बजारमा पठाउने गरेको समूहकी सदस्य देउकुमारी रोकामगरले बताए ।

दुई वर्ष अगाडिबाटै बारीमा लटरम्म किवी फल्न थालेको भन्दै बजारको समस्याले गर्दा आफूहरू मर्कामा पर्ने अवस्था रहेको उनले सुनाए । यस वर्षमात्रै एक हजार बढी बोतल जुस उत्पादन गरिसकेको उनको भनाइ छ । दुई सय ५० मिलीलिटर र आधा लिटरका बोतलमा जुस प्याकेजिङ गरेर अहिले बजारमा ल्याएको रोकामगरले बताए ।

उनले भने, “किवीको माग धेरै हुने र पैसा पनि राम्रो पर्छ भन्ने सुनेका थियौँ, धेरैले पनि राम्रो हुन्छ भन्नुभयो र बारीभरि किवी लगायौँ, तर अहिले सोचेजस्तो भएन, बजार पाउनै गाह्रो छ, पाए पनि उचित मूल्य पाउन सकेका छैनौँ, यस वर्ष जुस बनाउने भनेर सुरु गरेका छौँ, माग कस्तो आउँछ ?, परीक्षणमै छौँ, बजार पायो भने हाम्रो जीविकोपार्जनमा सहज हुने थियो ।”

समूहकी कोषाध्यक्ष भवी रोकामगरले अहिले सिङगुजी कृषि उपज प्रशोधन केन्द्रमार्फत किवीको जुस बनाउन लागिएको बताए । ताराखोला गाउँपालिकाले सात दिनको तालिम दिएपछि जुस उत्पादन गर्न थालेको उनको भनाइ छ । उत्पादनलाई बजारीकरण कसरी गर्ने भन्ने मुख्य चुनौती रहेको भन्दै स्थानीय सरकारले थप सघाउने पर्ने रोकामगरले सुनाए । अहिलेसम्म आफूहरूले दशौँ लाख लगानी गरिसकेका उनको भनाइ छ ।

स्वास्थ्यका लागि उपयोगी मानिने विकी जुस तयारी भएपछि बढीमा १८ महिनासम्म भण्डारण गर्न मिल्ने गरी प्राविधिक व्यवस्थापन गरिएको छ । गाउँपालिकाले रु तीन लाखमा जुस पेल्ने मेसिन दिएको अध्यक्ष धनबहादुर विकले बताए । ताराखोलामा किवीखेतीको ठूलो सम्भावना रहेकाले त्यसका लागि किसानलाई प्रोत्साहित गर्ने काम गर्दै आइरहेको उनको भनाइ छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार