काठमाडौं, पुस २५ :

नेपाली कांग्रेसको संस्थापन पक्षले आज भेलाको आयोजना गर्दैछ ।

भेलामा आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बोलाईएको छ ।  आज बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।

पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने  विवाद चलिरहेकै बेला संस्थापन पक्षका सदस्यहरूको भेला आह्वान गरिएको छ ।

बैठकमा नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि भेला बोलाइएको एक नेताले बताएका छन् ।

हिजो संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

त्यसपछि आफ्नो समूहका सदस्यहरूको भेला बोलाइएको हो ।

यता विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशनको तयारीलाई तीब्र पारेको छ ।