शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
राजनीति सूचना-प्रविधि भिडियो

आगामी निर्वाचनपछि धेरै युवाहरु नीति निर्माण गर्ने तहमा पुग्नेछन् : सञ्चारमन्त्री खरेल

‘नयाँ संसदमा युवाहरुको वर्चस्व हुने’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
आगामी निर्वाचनपछि धेरै युवाहरु नीति निर्माण गर्ने तहमा पुग्नेछन् : सञ्चारमन्त्री खरेल
काठमाडौं, पुस २५ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै युवाहरु नीति निर्माण गर्ने तहमा पुग्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा सूचना प्रविधि विभागसँग छलफल गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनपछि युवाहरुलाई पनि राज्यको मूलधारमा ल्याउनका लागि आवश्यक व्यवस्था भएको भन्दै निर्वाचनपछि धेरै युवाहरु नीति निर्माण गर्ने तहमा पुग्ने बताएका हुन् ।

 निर्वाचनपछिको नयाँ संसदमा युवाहरुको वर्चस्व हुने उनको भनाइ छ । उनले अन्य देशको तुलनामा नेपालको सूचनाप्रविधि क्षेत्र निकै पछाडी परेकाले यसलाई समयानुकल बनाउन ढिलाई गर्न नहुने बताए । अब युवाहरुले नै सूचना प्रविधिका माध्यमबाट नेपाल बनाउने आधार तयार भएको उनले बताए ।

मन्त्री खरेलले सूचना प्रविधि विभागलाई आवश्यक स्रोत साधन व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको उल्लेख गरे ।  आफ्नो कार्यकाल सकिएपछि पनि सचेत नागरिकको रुपमा सदैव देशका लागि काम गर्ने मन्त्री खरेलले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार