काठमाडौं, पुस २५ :

सहरी विकासमन्त्री कुमार इङ्‍नामले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेका इङ्‍नामलाई सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी तोकिएपछि शुक्रबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सहरी विकास पुग्दा मन्त्री इङ्‍नामलाई मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल लगाएतका अधिकारीहरुले स्वागत गरेका थिए । सो क्रममा मन्त्री इङ्‍नामले बजेटको अधिकतम सदुपयोग गर्ने गरी काम गर्न निर्देशन दिए

कुलमान घिसिङले राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले घिसिङले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरुलाई दिनुभएको थियो । जस अनुसार ऊर्जा मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई र सहरी विकास मन्त्रालयको कार्यभार इङ्‍नामले सम्हाल्ने गरी तोकिएको छ ।