
काठमाडौं, पुस २५ :
हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’
जेनजी आन्दोलनपछि सरकार गठनमा प्रत्यक्ष संलग्न भएका गुरुङले चुनावमा लडेर देश विकास गर्ने चाहना राखेका छन् । तर उसले कुन चुनाव चिह्नबाट उठ्ने भन्ने खुलाएका छैनन् । रवि लामिछाने,बालेन्द्र शाह र कुलमान घिसिङ्लाई एकता गराउन प्रत्यक्ष रुपमा संलग्न भएका गुरुङ रास्वपाकै चुनाव चिह्नबाट उठ्ने धेरैको अनुमान छ ।