शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने #राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने
समाचार विदेश

इरानमा लगातार १३औं दिन पनि सरकार विरोधी प्रदर्शन तीव्र

· शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
इरानमा लगातार १३औं दिन पनि सरकार विरोधी प्रदर्शन तीव्र
काठमाडौं, पुस २५ :

इरानमा लगातार १३औं दिन पनि सरकार विरोधी प्रदर्शन तीव्र बनेको छ ।

देशका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले सडकमा प्रदर्शन गर्नेहरूलाई लक्षित गर्दै तीव्र प्रतिक्रिया दिएका छन् । इरानमा सर्वोच्च अधिकार भएका खामेनीले प्रदर्शनकारीहरूलाई सम्पत्ति नष्ट गर्ने समूह भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए ।

ट्रम्पले यदि सरकारी सुरक्षाबलले प्रदर्शनकारीहरूलाई हत्या गरे भने इरानलाई  कडा प्रहार गर्ने चेतावनी दिएका थिए ।

प्रदर्शनह २८ डिसेम्बरमा तेहरानबाट सुरु भएका हो । जुन इरानी मुद्राको ध्वंससँगै शुरू भएको बताइन्छ ।

यसैबीच देशव्यापी इन्टरनेट अवरुद्धको अवस्था अझै कायम छ । विदेशमा रहेका केही इरानीहरूले आफ्ना परिवारसँग सम्पर्क गर्न नसकेको बताइरहेका छन् ।  अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई इरानभित्र प्रत्यक्ष रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएकाले त्यहाँ भएका घटनाहरू पुष्टि गर्न सामाजिक सञ्जालमा निर्भर रहनुपरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार