काठमाडौं, पुस २६ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँगको एकता तोड्दै उज्यालो नेपाल पार्टीले एक्लै निर्वाचन लड्ने घोषणा गरेको छ।

आज त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङ उज्यालो नेपालको सदस्यता ग्रहण गर्दै पार्टी अध्यक्ष बनेका छन् ।  

अब यो पार्टी 'चिम' चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने बताईयो ।

नवनियुक्त अध्यक्ष घिसिङले रास्वपाका तर्फबाट आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै एकता प्रक्रियामा आफूले कुनै ठूलो पद वा प्रधानमन्त्रीको दाबी नगरेको स्पष्ट समेत पारेका छन्।

बाहिर मैले प्रधानमन्त्री र पार्टी सभापति मागेको भनेर भ्रम फैलाइयो तर यसमा कुनै सत्यता नभएकोउनले भने । म त बरु उपाध्यक्षको पनि निकै तल्लो वरीयतामा बसेर काम गर्न तयार थिएँ पत्रकार सम्मेलनमा उनले बताए ।

उज्यालो नेपालका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय अब पार्टीका संरक्षक बनेका छन् । उनले कुलमान घिसिङलाई अध्यक्ष सुम्पेर आफू संरक्षक बनेका हुन् ।