काठमाडौं, पुस २७ :

काठमाडौंको कागेश्वरी मनोहरामा जारी बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आज सकिँदैछ । नगरपालिकाको व्यवस्थापनमा तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समितिको संयोजकत्वमा शनिबारदेखि सुरु प्रतियोगिता आज  सकिनेछ । 

दुई दिने प्रतियोगिताको उद्घाटन मेयर उपेन्द्र कार्कीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मेयर कार्कीले खेलकुदको विकासमा कागेश्वरी मनोहरा नगरपालिका सधैं अग्रसर रहने बताए । खेलले नेपाललाई विश्वभरी चिनाइरहेको भएता पनि केन्द्रीय सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा नराखेको दुखेसो पोखे । 

 प्रतियोगितामा ३५० प्रतिस्पर्धीको सहभागिता रहेको छ । यस प्रतियोगिताबाट खेलाडीहरुको बरियतासमेत निर्धारण हुने जनाइएको छ ।