शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

विशेष महाधिवेशनको बन्दसत्रमा सभापति देउवा सहभागी हुने कुनै कार्यक्रम छैन्: सचिवालय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
विशेष महाधिवेशनको बन्दसत्रमा सभापति देउवा सहभागी हुने कुनै कार्यक्रम छैन्: सचिवालय
काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने कार्यक्रम नरहेको देउवाको सचिवालयले जनाएको छ ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्र आज बिहानबाट सुरु हुदैछ ।

सभापति देउवा आज बन्द सत्रमा जाने भन्नेबारे  सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाको सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ ।

बन्द सत्रका लागि सम्पुर्ण तयारी भएको छ  ।

हिजो विशेष महाधिवेशनमा सम्बोधन गर्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्द सत्रमा सहभागी हुन आग्रह गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार