काठमाडौं, पुस २८ :

कागेश्वरी मनोहरा नगरपालिकाको व्यवस्थापन तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समितिको संयोजकत्वमा आयोजित पाँचाैँ बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समापन भएको छ । 

आइतबार साँझ सम्पन्न प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीलाई नगरप्रमुख उमेन्द्र कार्कीले पुरस्कार वितरण गरे । दुई दिनसम्म चलेको प्रतियोगितामा वागमती प्रदेशभरीका ३५० भन्दा धेरै प्रतियोगीहरु सहभागी भएका थिए । प्रतियोगितमा सहभागी खेलाडीहरुको बरियतासमेत निर्धारण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई एक थान ल्यापटप उपहार दिइएको छ । खेलकुदको विकासको लागि नगरप्रमुख कार्कीले अहम् भूमिका निर्वाह गर्दै आएका छन् ।