शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक #तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक
राजनीति

महामन्त्रीद्वयको प्रतिबद्धता : दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू गर्ने

दुई कार्यकालको सीमालाई संविधानमै लिपिबद्ध गर्न कांग्रेस अग्रसर हुने ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
महामन्त्रीद्वयको प्रतिबद्धता : दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू गर्ने
काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसले एक व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू गर्न पार्टीको विधान संशोधन गर्दै संविधान संशोधनसम्म पहल गर्ने निर्णय गरेको छ।

कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदनमा दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको हो।

महामन्त्री थापाले पेस गरेको समसामयिक–राजनीतिक प्रतिवेदनमा नेपाली जनताको भावना, पार्टी पंक्ति र विशेषगरी युवा पुस्ताको अपेक्षाअनुसार देशको प्रमुख कार्यकारी पदमा दुई कार्यकालको सीमा आवश्यक भएको उल्लेख छ।उक्त व्यवस्था संविधानमै सुनिश्चित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत प्रतिवेदनमा जनाइएको छ।

त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था लागू गरिने उल्लेख छ। विगत डेढ दशकदेखि चुनाव भए पनि प्रधानमन्त्री दोहोरिने अभ्यासले नागरिकमा असन्तुष्टि बढाएको र नेतृत्वलाई अलोकप्रिय बनाएको उनको निष्कर्ष छ।

शर्माको प्रतिवेदनमा भनिएको छ, ‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने अभ्यासले सार्थक परिणाम दिन सकेन। विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्नेछैन।’

उनले दुई कार्यकालको सीमालाई संविधानमै लिपिबद्ध गर्न कांग्रेस अग्रसर हुने उल्लेख गरेका छन्।

कांग्रेस नेतृत्वको यो प्रस्ताव नेपाली राजनीतिमा नेतृत्व परिवर्तन, संस्थागत अभ्यास र नागरिकको भरोसा पुनःस्थापित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार