काठमाडौं, पुस २८ :

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका छन्। पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले आजै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गर्ने जानकारी दिए । 

सभापति निवासमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  देउवाले आफू जतिबेला पनि महामन्त्रीहरूसँग संवाद गर्न तयार रहेको बताएका छन्। एक नेताका अनुसार देउवाले बाह्य शक्ति लागेको भए पार्टी विभाजन हुन सक्ने र आन्तरिक कारण भए आफू पार्टी मिलाउन लचक हुने कुरा बताएका छन्। 

भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वयको अगुवाइमा भएको विशेष महाधिवेशनमा सोमबार बन्दसत्र चलिरहँदा सभापति देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका हुन्।