आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद फुटबल

एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश
ललितपुर, पुस २८ :

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले सोमबार अर्को छलफल भएर आदेश नआउँदासम्मका लागि एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश गरेको हो ।

उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार