बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, नेतृत्व चुन्न छाडेर गगन र विश्वप्रकाश जालान् त ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, नेतृत्व चुन्न छाडेर गगन र विश्वप्रकाश जालान् त ?
काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान गरिएको हो।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा लगायतका केही पदाधिकारीहरु विशेष महाधिवेशनमा सहभागी भइरहँदा यो बैठक आह्वान गरिएको हो । उनीहरु महाधिवेशन छाडेर संस्थापन पक्षले डाकेको यो बैठकमा सहभागी हुन जालान् त भन्ने चासो पनि बढेको छ । 

विशेष पक्षधरहरू भने भोलि नै नेतृत्व र चुन्ने गरी अघि बढेका छन्।पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि कांग्रेसभित्र विवाद मात्र बढेको छैन कि पार्टी नै विभाजन हुने स्थितिमा पुगेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार