शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने #राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने
समाचार राजनीति

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले वार्ता गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले वार्ता गर्ने
काठमाडौं, पुस २९ :

नेपाली काँग्रेसको विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले आज वार्ता गर्ने भएको छ । तर वार्ता स्थल र समय भने खुलाईएको छैन् ।

वार्ताका लागि कांग्रेसले संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाणलाई जिम्मेवारी दिएको छ ।

विशेष महाधिवेशन पक्षबाट भने प्रदीप पौडेल,गुरुराज घिमिरे,मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुँदैछन् ।

सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका बेला प्रतिनिधिको हस्ताक्षर संख्या बढेपछि सभापति देउवा दबाबमा परेका छन् । आजको बन्द सत्रपछि नेतृत्व छाड्न समेत नैतिकरुपमा पनि दबाब हुने देखिन्छ । विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाएका थिए र तर उनी  भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार