
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय:
१.माघ ४ गते आइतबार ११:०० बजे संघीय संसद सचिवालय,सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
२.अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ( ICIMOD) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान रकम अमेरिकी डलर दुई लाख त्रियासी हजार पाँच सय तीन भुक्तानी गर्न स्वीकृति दिने ।
३.मेक्सिकोमा २०८२ माघ २६ देखि फागुन १ गतेसम्म आयोजना हुने AML/CFT सम्बन्धी FATF को Plenary तथा Working Group बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव (राजस्व) श्री भूपाल बराललाई स्वीकृति प्रदान गर्ने।
४.वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३-२०८६/८७) स्वीकृत गर्ने।
५.उद्योग, वाणिज्य तथा आपूर्ति २०८२ माघ ६ र ७ गते चीनको सिजाङ्ग (ल्हासा) मा आयोजना हुने मन्त्रालय कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय मन्त्रालय Nepal-China Coordination Mechanism on Border Trade and Cooperation को तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।
६.नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने ।
७.कृषि तथा पशुपन्छी विकास २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने 49th Session of the Governing Council of the International Fund for Agricultural Development (IFAD) HI कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
८.म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा २०८२ माघ ९ देखि १२ गतेसम्म सहभागी हुन माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधारलाई स्वीकृति प्रदान गर्ने ।
९.२०२५ मार्चको भुकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय पुनःनिर्माण र गंगाघाट मन्दिरको पुनःनिर्माणको लागि अमेरिकी डलर तीन लाख पचास | हजार आर्थिक सहयोग उपलब्ध गराउने।
१०.मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने।
११. समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य श्री उद्वव प्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा श्री मधुकर राना, ललितपुरलाई मनोनयन गर्ने। |
१२. नेपाली सेनाका तीन जना महासेनानीहरूको सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीहरूको सरूवा गर्ने।
१३.२०८२ माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुने Sixth Global Conference on the Elimination of Child Labour मा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने ।
१४.संस्कृति, पर्यटन तथा नागरिक स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मुकुन्द प्रसाद निरौलाको २०८२ माघ ६ देखि १२ गतेसम्म सहभागी हुन स्वीकृति दिने।
१५.सङ्घीय मामिला तथा सामान्य दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको
प्रशासन मन्त्रालय गर्न सिद्धान्त स्वीकृत गर्ने ।
१६.सङ्घीय मामिला तथा सामान्य इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्ने गरी मालपोत कार्यालय र नापी कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।
१७.गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने ।
१८.२०८२ माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठन (WHO) को 159th session of the Executive Board मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
१९. सम्माननीय प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा श्री रामबहादुर रावल, बाजुरालाई नियुक्त गर्ने ।