काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीगगन थापा र विशवप्रकाश शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल भर्खरै सकिएको छ ।

उनीहरुबीच भएको सम्वादमा खास निष्कर्ष निस्कन नसके पनि पुन छलफल गर्ने गरी सकिएको छ ।

आजको बैठकमा दुवै पक्ष सकारात्मक भएको बताईएको छ । सभापति बाहेक सबै हस्ताक्षर नगर्ने निष्कर्ष देउवाले महामन्त्रीद्वयलाई सुनाएका छन् । छलफलमा सभापति देउवाले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारलाई पार्टीले टिकट दिँदा कानुनले मिल्ने भए अर्कै नेताको हस्ताक्षर गर्ने व्यवस्था गर्न आफू तयार रहेको बताएका हुन्। 

यो बैठकका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै शुरु हुन सकेको छैन ।

आज  बिहान ८ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन नसकेको हो ।  

सभापति शेरबहादुर देउवा निवासमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको बैठकको निर्णाय पछि मात्रै बैठक सुरु हुने भएपछि कार्यसमितिको बैठक ढिला भएको हो ।