काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

आज बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेपनि निष्कर्षमा भने पुग्न सकेन ।

अहिले दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँग परामर्श गरिरहेको बताईएको छ ।