
काठमाडौं, साउन १७ : संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै निवास आज बिहान निधन भएको उहाका छोरा समीर कामतले जानकारी दिनुभयो ।
६९ वर्षीय कामतको आजै अन्त्येष्टि गरिदैछ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिने समीरले जानकारी दिनुभयो ।शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो ।
उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उहा सपरिवार आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किनुभएको थियो ।
पछिल्लो समय उहालाई घरमा इायलासिस गराउने गरिएको थियो ।