
काठमाडौं, पुस ३० :
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनलाई उपचारार्थ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा भर्ना गरिएको छ ।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबारदेखि प्रधानन्याधीश राउतलाई अस्पताल भर्ना गरिएको हो । उनलाई ज्वरोलगायत स्वास्थ्यमा सामान्य समस्या देखिएको अस्पतालले जनाएको छ।