सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
काठमाडौं, पुस ३० :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए ।

यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौँमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा. राजन भट्टराईले बताए ।

एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार