काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टी कसैको निजी(प्राइभेट) कम्पनी नभएको बताएका छन् । 

आफूलाई कारबाही गर्नु भन्दा अगाडि एक शब्द नसोधेको भन्दै यसको कुनै अर्थ नभएको बताए । कांग्रेसको मूल पार्टी नै आफूहरु भएको थापाको दाबी थियो ।

आफूहरुलाई कारबाही गरेको खबर सार्वजनिक भएपछि बोल्दै थापाले वैधानिकताको सवालमा निर्वाचन आयोगप्रति विश्वस्त रहेको बताए । उनले सानेपामा बसेको केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गर्न नसक्ने समेत बताए । 

महाधिवेशन निर्वाचन कमिटीले पुरानो केन्द्रीय समिति भंग गरिसकेको भन्दै त्यसलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताए । पार्टी नफुटेको दाबी गर्दै थापाले दुई दिनपछि शेरबहादुर देउवासँग आशीर्वाद लिन जाने पनि बताए ।