काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले कानुनी परामर्श सुरु गरेको छ। दुवै महामन्त्री र सहमहामन्त्रीलाई कारबाही गरेपछि परामर्शका लागि कानुन व्यवसायीलाई बोलाइएको छ। 

उनीहरुसँग कारबाहीको वैधता, विशेष महाधिवेशनको कानुनी प्रश्न र पार्टीको आगामी बाटोबारे राय लिनेछ । देउवाले आफूनिकट कानुन व्यवसायीलाई मात्र बोलाएका छन् । परामर्श दिन वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपाने, तेजबहादुर रावल लगायतका कानुन व्यवसायी सानेपा पुगेका छन्।

बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरलाई साधारण सदस्यबाट निष्कासित गरेको छ। थापाले आफूहरुलाई कारबाही गर्ने कुनै अधिकार सानेपा केन्द्रीय समितिलाई नभएको बताएका छन् ।