
काठमाडौं, पुस ३० :
कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले अबको एक सातामा गगन थापाको नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यालयको बैठक बस्ने बताएका छन् ।
भृकुटीमण्डपस्थित महाधिवेशन हलमा बोल्दै नेता शर्माले यस्तो बताएका हुन् । सानेपाले गरेको कारबाहीलाई देशैभरबाट आएका कार्यकर्ताहरुले अस्वीकार गरेको भन्दै महाधिवेशनको हलले आज सानेपामा गरिएको कारबाहीको निर्णयलाई बदर गर्ने निर्णयसमेत लिने उनले बताए।