शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक #तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक
राजनीति

गगन-विश्वलाई कारबाही गर्ने सानेपा निर्णयलाई भृकुटीमण्डपले गर्‍यो खारेज

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
गगन-विश्वलाई कारबाही गर्ने सानेपा निर्णयलाई भृकुटीमण्डपले गर्‍यो खारेज
काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसको विशेष महाधिवशेनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ ।

बुधबार भृकुटिमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो ।

कारवाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरुलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजि कार्यालय नभएको बताए । उनले केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए । उनले कांग्रेस पार्टी आफूहरुको भएकाले कसैले यसमा दाबी गर्न नसक्ने स्पष्ट पारे । पार्टीको विधान अनुसार नै आफूहरु चलिरहेको भन्दै कारबाहीको निर्णयका कारण बिचलित नहुने नेता तथा कार्यकर्तालाई आग्रह गरे।

त्यस्तै कांग्रेस महामन्त्री  विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अब विशेष महाधिवेशनको हलले गर्ने बताए । उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे । उनले पार्टीका बारेमा कुनै अन्यौलता नरहन आग्रह गरे ।
त्यस्तै कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए। उनले अब पार्टी र देशको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार