काठमाडौं, पुस ३० :

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । उनको आज दिउँसो निधन भएको हो ।  ललितपुरको इमाडोलमा बस्नै आएका बोहोरा कम्मरको कपरेशन गरेर उपचाररत थिए ।

उनले वि.सं. २०२२ सालमा भिमदत्त पन्त र बी.पी. कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका थिए । २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार भएर समेत काम गरिसकेका बोहरा कञ्चनपुर कांग्रेसको संस्थापक नेता समेत थिए ।