काठमाडौं, माघ १ :

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपसभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ स्वरूपमा जनतामाझ जाने बताए । उनले मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् ।देश संविधानले चल्ने र पार्टी विधानले चल्ने बताउँदै संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति हुने बताए ।विगतमा भएका कमजोरीलाई आत्मसमीक्षा गर्दै सुधारका साथ अघि बढ्ने उनले स्पष्ट पारे ।

शर्माले नयाँ कांग्रेसले आन्तरिक एकता बलियो बनाउँदै सबै नेता,कार्यकर्ता र समर्थकलाई मिलाएर अघि बढ्ने बताए ।

देशको भविष्यप्रति आशावादी धारणा राख्दै शर्माले आगामी १०–१५ वर्षमा नेपाललाई समुन्नत र सक्षम राष्ट्रका रूपमा निर्माण गर्न सकिने सपना बोकेर कांग्रेस अघि बढ्ने बताएका छन्। उनले यो अधिवेशन विधिबाटै टुंगिने पनि बताएका छन् ।