आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

गगन नेतृत्वको कांग्रेसको पहिलो बैठक : नतिजा अद्यावधिक गर्न आयोग जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ माघ, २०८२ मा प्रकाशित
गगन नेतृत्वको कांग्रेसको पहिलो बैठक : नतिजा अद्यावधिक गर्न आयोग जाने
काठमाडौं, माघ १ :

गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्य समिति बैठक बसेको छ । दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा बसेको हो ।

बैठकमा विशेष महाधिवेशनपछि पार्टीका आगामी कार्यदिशा, संगठनात्मक व्यवस्थापन तथा प्रशासनिक विषयमा छलफल भएको बताइएको छ ।

बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न कांग्रेसको एक टोली आजै निर्वाचन आयोग जाने भएको छ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएकाले पार्टीको अधिलेख अद्यावधिक गर्न आयोगमा आवश्यक कागजात पेस गर्न लागिएको हो ।

नेपाली कांग्रेसले विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण कागजात तथा अभिलेखहरू निर्वाचन आयोगमा दस्तावेजीकरण गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार