काठमाडौं, माघ १ :


नेपाली काङ्ग्रेस पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएसँगै ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा देउवापक्षीय युवाहरू सुरक्षा दिएर बसिरहेका छन् ।

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दावी गरिरहेका छन् । उनीहरु पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै देउवापक्षीय युवाहरु कार्यालय परिसरमा बसेका हुन् ।उक्त समूहको अगुवाइमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङसमेत रहेका छन् ।

केन्द्रीय कार्यालयमा आज बिहान बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ पनि देखिएका छन् ।