बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

प्रधानमन्त्री कार्की टुँडिखेलमा आयोजित महोत्सवमा सहभागी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ माघ, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्की टुँडिखेलमा आयोजित महोत्सवमा सहभागी
काठमाडौं, माघ १ :

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे सकराती महोत्सवमा सहभागी भइ शुभकामना दिएकी छन् । बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडिखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन् ।

सो क्रममा प्रधानमन्त्री कार्कीले  विविधता र बहुलता बीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको बताइन् । आफ्ना मौलिक संस्कृति, चाड, पर्व र पहिचानमा सबैले गर्व गर्दै तिनको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री कार्कीले पर्वहरूले नेपालीबीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबूत बनाउँदै आएको समेत बताइन् । उनले मुलुकका मौलिक पर्वहरुले सबैलाई एकबद्ध भएर शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार