शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

अँध्यारोबाट बाहिर निस्किन १२ दिन लाग्यो : अध्यक्ष घिसिङ

‘पार्टी सफा भयो, अब देशलाई पनि सफा गर्छु’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ माघ, २०८२ मा प्रकाशित
अँध्यारोबाट बाहिर निस्किन १२ दिन लाग्यो : अध्यक्ष घिसिङ
काठमाडौं, माघ १ :

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)बीच एकता गर्दै घिसिङले केही समय अघि करिब १२ दिन आफूहरु दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताए । 

अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफूहरुका लागि निकै कठिन भएको उनको भनाइ छ । पदीय भागबन्डा र केही बुँदामा असमझदारी भएपछि घिसिङ रास्वपाबाट १२ दिनमा नै अलग भएका हुन् । घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे । 

उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरु सबै पार्टी पुरानो भइसकेको धारणा व्यक्त गरे । जेनजी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)का अध्यक्ष राजेश पोर्तेलबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार