काठमाडौं, माघ २ :

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् ।

आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । विशेष महाधिवेशन समुहले हिजो सभापति,पदाधिकारी,केन्द्रीय सदस्यहरू र वरिष्ठ कानुन व्यवसायी सहितको टोली नयाँ कार्यसमितिको विवरण लगायत सबै दस्तावेज पेश गर्न गएको थियो ।

पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनको प्रक्रिया अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको सम्पूर्ण विवरण अद्यावधिक गराएका हुन् ।