शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

सभापति देउवा समूहले ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझायो

कोही व्यक्ति वा समूहले पार्टीको महाधिवेशन डाक्न पाउदैन: उपसभापति खड्का
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
सभापति देउवा समूहले ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझायो
काठमाडौं, माघ २ :

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कोही व्यक्ति वा समूहले पार्टीको महाधिवेशन डाक्न नपाउने बताएका छन् ।

निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका खड्काले लोकतन्त्र र संविधानमाथि ठूलो षड्यन्त्र देखिएको जिकिर गरेका छन्  ।

आज नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको उपसभापति, शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस र पार्टीको विधान अनुसार कार्यवाहक सभापतिको रूपमा म उपस्थित छु । १४ औँ महाधिवेशन मार्फत निर्वाचित साथीहरू आज निर्वाचन आयोगको अगाडि उपस्थित छौँ भन्दै उनले पार्टीको कुनै महाधिवेशन नभएको बताए । 

सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका आयोगमा पुगेका नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली  र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताएका हुन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार