काठमाडौं, माघ ४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज  बस्दैछ ।

बैठक आज दिउँसो २ बजेपार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल केन्द्रित हुने बताइएको छ । बैठकले पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्नेबारे छलफल गर्ने बताईएको छ ।

१६५ निर्वाचन क्षेत्रमै आकांक्षी उम्मेदवारको संख्या बढेपछि रास्वपाले बैठकमार्फत नै उम्मेदवार चयन गर्न लागेको  नेताले बताए।