
काठमाडौै, माघ ४ :
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।
सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन आइतबार अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।
गौतम पटक-पटक प्रतिनिधिसभा निर्वाचनमा उठ्दै आएपनि पराजित हुँदै आएका छन् । यस्तै नेकपाका अर्का नेता श्रेष्ठ पनि यसपटक प्रत्यक्ष निर्वाचनमा लड्ने इच्छा देखाएर अघि बढेका छन् ।