
काठमाडौं, माघ ४ :
उपत्यकाका खोला किनारबाट थप २० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरोकारवालाले प्रदर्शन निरन्तर जारी राख्दै आएका छन् ।
सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै पटक-पटक प्रदर्शन गर्दै आएका छन् । हाल कायम २० मिटर छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेपछि सरोकारवालाहरु आक्रोशित बनेका हुन् ।
सरोकार समितिले उक्त फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गरेका छन्। सर्वोच्चले गरेको फैसला कार्यान्वयन हुने स्थिति आयो भने १० औं लाख मानिस बेघरबार विहीन हुने बताएका छन् ।