काठमाडौं, माघ ४ :

कांग्रेसको शेरबहादुर देउवा समूहले माघ ६ गते हुने उम्मेदवारी मनोनय सार्न माग गरेका छन्।  गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएपछि देउवा पक्ष आग्रह गर्न आयोग पुगेका हुन् ।  

माघ ६ गते हुने उम्मेदवारको मनोनयन सार्न आयोग समक्ष निवेदन दिएका छन्। कानुन व्यवसायीसहित नेताहरू निवेदन दिन आयोग पुगेका थिए ।

आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने निर्णय गरेको थियो। उक्त निर्णय बदर गर्न माग गर्दै देउवा समूहले आइतबार सर्वोच्चमा रिट निवेदन दिएको छ। 

देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको वारेसका रुपमा श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटका निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र सिंगो कार्यसमितिलाई विपक्षी बनाएको छ। देउवा समूहले दिएको रिट निवेदनमाथि ६ गते नै प्रारम्भिक सुनुवाइ हुने गरी पेसी तोकेको छ।