बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

चुनाव लड्न बालेन शाहले दिए मेयरबाट राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
चुनाव लड्न बालेन शाहले दिए मेयरबाट राजीनामा
काठमाडौं, माघ ४ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले आइतबार उपप्रमुख सुनीता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । 

रास्वपाका वरिष्ठ नेता बनेका बालेन झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् ।  रास्वपा कार्यालयमा बालेनलाई स्वागत गरे लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यसैबीच, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार